दफा ५३०
करारको परिपालना गराउने अधिकार पक्षलाई मात्र हुने

(१) करारमा पक्ष रहेको व्यक्तिले मात्र अर्को पक्षसँग त्यस्तो करारको परिपालनाको माग गर्न सक्नेछ । तर कुनै व्यक्तिको हितको निमित्त करार गरिएको भएमा त्यस्तो व्यक्तिले करारको पक्ष नभए पनि परिपालनाको माग गर्न सक्नेछ ।
(२) कुनै काम गर्न वा नगर्न दुई वा दुईभन्दा बढी व्यक्तिहरूबाट संयुक्त रूपमा करार भएकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यसरी करार गर्ने सबै व्यक्तिहरूले संयुक्त रूपमा करारको परिपालना गराई पाउन माग गर्न सक्ने छन् ।